चितवन। गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘बादल पारी उनको गाउँ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ।
उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छभने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ। उक्त गीतको संगीत प्रकाश कार्कीले दिएका छन।
यस्तै, उक्त गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका छनभने छायांकन राजेश घिमिरेले गरेका हुन् । उक्त गीतको भिडियोमा मोडल उषा उप्रेती र बिमल अधिकारीले अभिनय गरेका छन्।
प्रेमिल भाव बोकेको गीतमा मायालुलाई भेट्न कसरी जाउ भन्ने सम्बाद भेटिन्छ। उक्त गीतमा ध्वनि सम्पादन नरेश बि.सि. गरेका छन् , भने सम्पादन / रङ संयोजन दिपक बिष्टले गरेका छन्।
त्यसैगरी, उक्त गीत ए प्लस स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा नारायण आचार्य रहेका छन्।
उक्त गीतको एरेन्ज आदेश गुर्माछानले गरेको छन् । उक्त गीत पहिलो पाइला मिडिया हाउसले दृश्य निर्माण गरेको छ ।
त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जनअपडेटडटकमलगायत विभिन्न मिडिया रहेका छन् ।
उक्त गीतको भिडियो पहिलो पाइला मिडिया हाउस नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो: https://youtu.be/upfIMJND0tg?si=x7szn1-5hkLMzrBO