‘दृश्यमा नेपाल’ शृङ्खलामा नमराज आचार्यलाई सम्मान प्रदान


काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा सम्मानपत्र प्रदान गरी आचार्यको योगदानलाई कदर गरिएको हो।

सम्मानपछि प्रतिक्रिया दिँदै आचार्यले यो अवसर उपलब्ध गराउनमा योगदान पु-याउने कलाकार मोडल सनम कठायतप्रति विशेष धन्यवाद व्यक्त गरे। साथै, एभरेष्ट ग्यालरीप्रति आभार व्यक्त गर्दै कार्यक्रमले सिर्जनात्मक कार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।