कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्लामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर


ईकोनोमिक खबर, प्रदेशिक संवाददाता ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर र एटिएम मेसिनको बैशाख १९ गते यस बैंकका अध्यक्ष क्षेत्र बहादुर सेजुवालद्धारा उद्घाटन गर्नुभयो। यस बैंकको क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्य, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, प्रबन्धक घनश्याम न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
उक्त उदघाटन समारोहमा चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक सिताराम रिजाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गासाई, उद्योग वाणिज्य संघ जुम्लाका प्रतिनिधी गणेश रोकाय, निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष गगन बुढथापा समेतको सहभागीता रहेको थियो।
बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझबढी प्रभावकारी सेवा उपलव्ध गराई गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत गर्नुपर्ने भनि जिल्ला समन्वय समितिका सभापति तथा प्रतिष्ठानका निर्देशकले बताए।
बैंक अध्यक्ष क्षेत्र बहादुर सेजुवालले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताउनु भयो । बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको सेवा, सुविधाको बारेमा जानकारी गराउंदै प्रतिष्ठान संगको सहकार्यलाई आगामी दिनमा अझ मजवुद बनाउंदै लैजानुका साथैै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताउनुभयो ।
त्यसैगरी बैंकका का.मु.उप–महाप्रबन्धक चुडामणी तिम्सनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउदै जानेछ । बैंकको क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स, विरामी लगायत सेवाग्राहीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाले सहज हुने बताउनु भयो ।