* मातृदेवो भवः ।
पितृदेवो भवः ।।
आचार्यदेवो भवः ।।।
* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत तथा संस्कृत श्लोकहरुले पनि आमाको महिमालाई सर्वोत्कृष्ठ मानेको पाईन्छ। बैशाख कृष्णपक्षको औंसीतिथिमा (आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंसी) दिनकोरुपमा मनाउने चलन चलिआएको छ।
धार्मिक ग्रन्थ तथा शास्त्रहरुमा आमालाई धर्तिमाता वा पृथ्वि, पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमा हुनेहरुले मातातिर्थ औंसीका दिन श्रद्धा, भक्ति, सम्मान र आदरभावका साथ मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभआशिर्वाद ग्रहण गर्ने चलन छ । आमा नहुनेहरुले मातातिर्थमा गई आमाप्रति विशेष भक्तिभावयुक्त सम्मान पुजाआजा, श्राद्ध तथा सम्झिने गरीन्छ। मातातिर्थमा यस दिन बिशेष मेलालाग्ने गर्दछ, आमाको मुख हेर्ने दिनमा मातातिर्थ कुण्डमा गई स्नान तथा सम्झेर पुजागर्ने चलन छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।
मातातिर्थ औंसीको दिनमा मात्र आमाप्रति सम्मान र आमालाई सम्झनेदिनको रुपमा भन्दा बर्षैभरि सम्झने होकी ।
ईकोनोमिक खबर पेज।
“बर्षैभरि आमाप्रति सम्मानका लागी यस पेजमा शेयर तथा लाईक गरौं, सबै आमाहरुमा सम्मान गरौं” ।।।