बजेटको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित


आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाइएको विरोधमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन्।

सुनचाँदी व्यवसायीहरुले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै व्यवसायीहरुले आइतबार प्रदर्शन गरेका हुन्।

व्यवसायीहरुले नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति नै गठन गरेका छन्।

संघर्ष समितिकै ब्यानरमा आइतबार न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म प्रदर्शन गरिएको हो।