आ.ब. ०७५।०७६को तेस्रो त्रैमासमा कुन बाणिज्य बैंक कति नाफामा


ईकोनोमिक खबर,काठमाडौं।

२८ बाणिज्य बैंक मध्ये ९ बाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। जसमा नेपाल बैंक, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ६० करोड खुद नाफा कमाएका छन्।

गत वर्षको यसै अवधिमा १२ अर्ब ५९ करोड कमाएका थिए। दोश्रो त्रैमासको समीक्षाका आधारमा नाफाको बृद्धिदरमा भने कमी आएको छ। दोश्रो त्रैमासको समीक्षा अवधिमा बाणिज्य बैंकहरुको नाफा ३० प्रतिशतले बढेको थियो। बृद्धिदरका आधारमा माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा धेरै ४५ प्रतिशतले बढेको छ भने नेपाल बैंकको नाफा १४ प्रतिशतले घटेको छ।

यी ९ बाणिज्य बैंकले ०७५ चैत मसान्तसम्ममा कुल ८ खर्ब ५७ अर्ब निक्षेप संकलन गरी कुल ७ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका छन्।
बैंकहरुको ब्यवसाय विस्तार भएसँगै नाफा बढेको हो। २८ वटै वाणिज्य बैंकहरुले चैत मसान्तसम्म २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका छन्। जबकि अघिल्लो चैत मसान्तसम्म सोही अवधिमा २० खर्ब २ अर्ब कर्जा गएको थियो।

अझै १९ बाणिज्य बैंकहरुले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छैनन्। यस्तो छ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा र वृद्धिदर