रमेश भुसालको लय / संगीत रहेको ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक ( भिडियो सहित ) 


काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ।

उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश भुसाल र टीका योगीको शब्द रहेको छ ।

यस्तै, उक्त गीतको भिडियोमा राजेन्द्र बस्नेत, सन्दिप राजवंशि, सन्जिता रोइला र गिता रोकायको अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियोलाई रमेश भुसालले निर्देशन गरेका छन् । उक्त गीतमा खेमराज गौतमले एरेन्ज गरेका छन् , भने दिपक सुनारले मिक्सिङ गरेका छन्।

त्यसैगरी, उक्त गीतको रेकर्डिष्टमा दिपक सुनार रहेका छन् , भने सन्दिप राजवको नृत्य रहेको छ ।

उक्त गीतको भिडियोमा साझा अनलाइन टिभी र जन अपडेट मिडिया पार्टनरको रुपमा छन् ।

आहा स्टुडियो युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।