
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ।
साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १०४ कम्पनीको मूल्य बढेको छ । यस्तै १४१ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लगानी सेक्टर सेयर बढेको छ भने फाइनान्सको सेयर घटेको छ।
होटल तथा पर्यटन ०.३८,
हाइड्रोपावर १.०६,
लगानी १.७७,
उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढेको छ ।
यस्तै बैङ्किङ ०.३९, विकास बैङ्क ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटेको छ ।