रसुवाः रसुवा जिल्लाका ब्यवसायीहरु गोसाइँकुण्ड पुग्ने भक्तजनलाई खाद्यान्नको व्यवस्था मिलाउन खाद्यान्न ढुवानीका सबै क्षेत्रहरु अहिले शसक्त रुपमा लागेका छन।
खच्चर बाट सामान ढुवानी गर्नुपर्ने भएकोले केहिदिन अघिबाट नै तयारीमा लाग्नु पर्ने हुन्छ, स्थानिय ब्यवसायीले बताएका छन ।
यही भदौ १४ गते जनैपूर्णिमामा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी भक्तजन नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् । यस मेलामा नेपाल लगायत भारत र देशी विदेशी धार्मीक पर्यटनका लागी पनि आउने गर्छन, बाटो हिड्नु
तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम शुरू भइसकेको र धार्मिकमार्गअन्तर्गत खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले धार्मिकमार्गअन्तर्गत खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु, पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताउनुभयो ।
देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् । गोसाइँकुण्डको तीर्थका लागि एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ । उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जङ्गलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ ।