
ईकोनोमिक खबर, काठमाडौं। नयाँ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि ल्याएको छ, ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ नामक योजना,
यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले एक वटा स्क्य्राच कुपन प्राप्त गर्न सक्नेछन । कुपन स्क्य्राच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउनेछन ।
कुपन स्क्य्राच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले Hyundai Santro CarHyundai Santro Car पनि जित्न सक्नेछन।
उच्च गुणस्तरको साथ साथै बेला बेलामा विभिन्न नयाँ नयाँ योजना आफ्ना ग्राहकमाझ पस्कदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबैभन्दा ठूलो मुल्यको बम्पर उपहार योजना रहेको कम्पनिले दाबी गरेको छ।
ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानीबाट चुनढुंगा उत्खनन गरी सिमेन्ट तथा क्लिङकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङको नौबिसेमा रहेको छ ।
उपत्यकाबाट यति नजिक विशाल फ्याक्ट्री रहेको यूनाइटेड सिमेन्ट्सले गुणस्तरीय सिमेन्ट उत्पादन गरी बजारमा राम्रो पकड जमाउन सफल भएको छ । भविष्यमा पनि आफ्ना प्यारा ग्राहकलाई लक्षित गरी अन्य विशेष योजना पस्कने यूनाइटेड सिमेन्ट्सको लक्ष्य रहेको छ।