सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारकालागि आर्थिक सहयोग गर्ने सम्झौता


ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । 
सानिमा बंैकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फबाट मासिक रु. १को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकमनारी उत्थानकालागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पताल सँग यो सम्झौता गरेको हो ।
बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रविशाक्यर सानिमा बंैकका प्रमुख निक्षेप श्री हेमराज संज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।