
कृषि विकास बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो ।
बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंकको बाह्रौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो ।
बैंकका करिव २ लाख ५० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप चुक्ता पूंजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
शेयरधनीहरु र विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु विष्णु प्रसाद नेपाल, डा.योगेन्द्र कुमार कार्की, मनोज बस्नेत, घनश्याम अवस्थी, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साथै कृषि विकास बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट ३ (तिन) जना संचालक सदस्य क्रमशः संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको घोषण प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) टीकाराम भट्राईले गर्नु भएको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव निर्मल प्रसाद उपाध्यायले गर्नु भएको थियो ।