नेप्सेको सीईओ पदका लागि ५ जना परे सर्टलिस्टमा,


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ५ जनाको नाम सार्वजनिक भएको छ।

छनोट समितिले एक सूचना जारी गर्दै शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेका ५ जनाको नाम सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा ब्यक्तिहरु

  • चूडामणि चापागाईं,
  • नारदकुमार लुईँटेल,
  • पूर्ण प्रसाद आचार्य,
  • बद्रीप्रसाद प्याकुरेल र
  • हेमन्त बस्याल ।

उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ।

अन्तर्वार्ता बिहान ७ बजेदेखि नै शुरू हुने समितिले जनाएको छ ।

प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले ५ मध्येबाट तीनजनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नेछ ।

त्यसपछि सरकारले तिनै तीन नाममध्येबाट एकजनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।