डिजेल/मटितेलको प्रति लिटर मूल्य एक रुपैयाँले घट्याे, पेट्रोल र ग्याँसमा मुल्य यथावत


काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट आज फागुन १६, २०८१ (फेब्रुअरी २८, २०२५) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरेको छ।

नयाँ मूल्य अनुसार, प्रति लिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ।

यसैगरी, प्रति लिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ।

निगमले यो नयाँ मूल्य फागुन १७, २०८१ (मार्च १, २०२५) को बिहान १२:०१ बजेदेखि लागू गर्ने निर्णय गरेको छ।

यसअनुसार, डिजेल/माटितेलको प्रति लिटर मूल्य रु. १.०० ले घटाइएको छ भने हवाई इन्धनको मूल्य पोखरा र भैरहवा लागि Break Even Point मा कायम गरिएको छ।

पेट्रोल,आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्राफिक काठमाडौंको हवाई इन्धन र एल.पी. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ।

निगमले आफ्नो डिपो/कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य तल उल्लेखित अनुसार कायम गरेको छ:

  • डिजेल/मटितेल: पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रति लिटर रु. १५२.५०,
  • दोस्रो वर्ग (सुर्खेत र दाङ्ग) मा रु. १५४.००, र
  • तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा रु. १५५.००।

हवाई इन्धन (अन्तर्राष्ट्रिय ट्राफिक प्रतिकिलो लिटर): पोखराका लागि- रु ८२३ र भैरहवाका लागि- रु ८०७।

निगमले यो मूल्य परिवर्तन सबै उपभोक्ताहरूको लागि सहज, शुद्ध र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।