
काठमाडौं । नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग प्लटिङ व्यवसायमा कुनैपनि संलग्नता नरहेको देखिन्छ।
प्रमाण उपलब्ध छ भने, प्रमाण प्रस्तुत गर्न कार्यबाहक नगरप्रमुखले चुनौती दिनुभयो। असत्य भ्रामक सुचना प्रबाह गरेकोमा त्यस्ता समाचारले मानहानि गरेकोमा ध्यानाकर्षण भएको छ।
साथै, सार्वजनिक जग्गा संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे। सार्वजनिक जनहितमा रहेकोे बताएकी छन।
नगरपालिकाले यस्ता भ्रमपूर्ण समाचारहरू प्रति सबैलाई सचेत रहन अपिल गरेको छ।