
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ ।
यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडा चक्र नगरपालिका वडा नं १, कोइरेल गाउँ स्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठन पाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगावितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।