टोखा नगरपालिकाको आयोजना तथा आर्थिक सहयोगमा युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को संयोजनमा सञ्चालन हुने तालिमको मिति २०८१-१०-२० गते टोखा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश अधिकारीले समुद्घाटन गर्नुभयो।
युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को प्रागंणमा आयोजना गरिएको उद्घघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., आन्तरिक लेखा परीक्षण तथा बेरुजु फर्छ्यौट इकाई प्रमुख तारा प्रसाद निरौला, टोखा नगरपालिका वडा नं १० का वडा अध्यक्ष मचाकाजी महर्जन, वडा सदस्यहरु र तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले तालिम लिई सीप परिक्षणमा उत्तीर्ण भई रोजगारीमा जानका लागि तालिमका सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्नुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले सहभागीहरुलाई दत्तचित्त भई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै भविष्यमा नगरपालिकाले थप यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो।
कार्यक्रमको सभापतित्व युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. का निर्देशक ऋषिराम आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अजय जिरेलले व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन भरतमणि अर्यालले गर्नुभएको थियो।