
ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लिमिटेड र Small World Financial Services बिच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै पैसा पठाउन सक्नेछन। आज बाट नै युरोप-नेपाल रेमिट्यान्स सेवा संचालनमा आएको जानकारी दिएका छन।
युरोपबाट रेमिट्यान्स पठाउन Small World को आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ।
युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनैपनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन नै रकम जम्मा गर्न सकिनेछ।
सानिमा बंैकको रेमिट्यान्स मार्फत् यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरि बाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन्।