वात्सल्य IVF ले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिंग गर्दै


वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा, वात्सल्यले शुक्रबार होटल अलफ मा आयोजना गरेको सेमिनारमा ओभेरियन टिस्यु फ्रिजिंगको विधि र आवश्यकता  सम्बन्धि जानकारी गराइएको थियो ।

डा. भोला रिजाल, प्रमुख अथितिका रुपमारहेको यस कार्यक्रममा फेसोन(फर्टिलिटि सोसाइटी अफ नेपाल) मा आबद्ध स्त्रीरोग विशेषज्ञहरुको बाक्लो उपस्थिति थियो । जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा.आकृति भारतीले यस नयाँ प्रविधि सम्बन्धि तथ्यहरु पेश गरेका थिए ।

यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिंग) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केहि भाग डिम्ब सहित झिकिन्छ । डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिंग गरिन्छ । क्यान्सर रोग का कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङ्गमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुन्छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।

नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएकोमा यसै कार्यक्रम मार्फत् वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले, नेपालमै  पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको  शुरुवात गरेको जनाएका छन् ।

हालसम्म नि:सन्तान उपचार र सफलता प्राप्तिमा अग्र स्थानमा रहेको वात्सल्य आई.भी.एफ. ले निरन्तर रुपमा नयाँ-नयाँ प्रविधिको पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमै प्रदान गर्ने र आफ्नो “सम्भव छ !” को नारालाई साकार बानाउन कुनै कसर नराख्ने पनि जानकारी गराएका  छन्।

सेवासुविधा सम्बन्धि थप जानकारीका लागि www.vatsalya.com.npमा लगइन गर्नुहोस् ।