ईकोनोमिक खबर, काठमाडौँ।
कृषि विकास बैंकको रु.१ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन ४ प्रतिशत व्याजदर रहेको “कृषि ऋणपत्र ”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज बिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भयो।
उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गर्नु भएको थियो भने सम्झौता पश्चात कृषि विकास बैंक लि.को “ कृषि ऋणपत्र ”को दोश्रो बजारमा कारोवार शुरु हुनेछ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन आई वि.एल एस क्यापिटलका डेपुटी सिईओ मेख बहादुर थापाको समेत उपस्थिती रहेको थियो ।