
ईकोनोमिक खबर, काठमाडौं।
अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जालबाट उक्त कुराको पुष्टि गरेका हुन् ।
यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय साथी तथा शुभचिन्तकहरु, आज बिहान गरेको पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षण देखिएको छ । डाक्टरको सुझावका आधारमा म घरमै आइसोलेसनमा बसेको छु । कृपया मसँग सम्पर्कमा रहनु हुने सबैले सम्भव भएसम्मका सावधानी अपनाउन आग्रह गर्दछु ।’