
३८१ जना नयाँ सङ्क्रमितईकोनोमिक खबर, काठमाडौं।
कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१३९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७८५९जनाको स्वाब परीक्षण गरिएको छ । हाल ९९२५जना क्वारेन्टिनमा छन्।
सक्रिय सङ्क्रमित सङ्ख्या ६६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५१५६ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन्।