
ईकोनोमिक खबर, काठमाडौं । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको छ । सलह फट्याँग्रा जातीको किरा भारत हुँदै नेपालमा प्रवेश गरेको हो ।
मन्त्रालयका प्रवत्ताका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेको छ । यसबारे नै आकस्मिक बैठक बस्दैछ यसपछि निणर्य आउछ उनले भने।
यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब सलह नेपाल प्रवेश गर्ने सक्ने भन्दै समिति गठन गरेको थियो । यसमा प्लान्ट क्वारेन्टाईन तथा विषादि केन्द्रका प्रमुख, कृषि बैज्ञानिक र प्राविधिक सम्मिलित समिति गठन गरेको थियो यस समितिले सलह किराको प्रभाव नेपालमा नपर्ने निष्कर्ष सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरी सकेको छ।
यो अफ्रिकिमुलुक बाट अरवियन देश हुदै एशियाका ईरान, अफगानिस्तान, पाकिस्तान हुदै भारत आईपुगेको सलह नेपालमा प्रवेश भएको हो । एक दिनमा १५० किलोमिटर पार गर्दछ, जेठ देखि असोज सम्म यसको बृद्धि छिटो हुनेहुनाले दिनमै हजारौ अण्डापार्ने अण्डाबाट किरा निस्केर बालि सखाप पार्ने हुनाले भोकमरीको संभावना हुन्छ।
फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।