जनता बैंकका तीनजना डिपुटी सीइओले किनदिए राजीनामा


जनता बैंकको उच्च कर्मचारीको राजिनामाले चर्चा पाएकोछ । विभिन्न सञ्चार माध्याममा आएको समाचार हेर्दा साच्चै नै विवाद भएर काम गर्ननसके पछि तीन डिपुटी सीइओ र केही उच्च तहका कर्मचारीहरुले राजिनामा दिएका हुन जस्तो देखिए पनि त्यो सत्य होइन । जनता बैंकसंग केही विकास बैंक गाभिदा बैंकले स्वईच्छा अवकास लिने कर्मचारीहरुका लागि सुविधाको स्किम नै दिएको थियो ।
त्यही सुविधाको स्किमलाई टेकेर जनता बैंकका तीन डिपुटी सीइओ र केही कर्मचारीले राजीनामा दिएको खुलेको छ । तीन जना डिपुटी सीइओ अजय मिश्र, सागर घिमिरे र पृथ्वी श्रेष्ठले दिएको राजीनामा गत शुक्रबार नै स्वीकृत भएको एक संचालकले बताए । राजीनामा आगामी बैशाख १ गतेबाट लागु हुनेगरि स्विकृत भएको खुलेको छ ।
केही कर्मचारी र तीनजना डिपुटी सीइओले राजीनामा दिएपछि बैंकले एकजना डिपुटी सीइओ नियुक्त गर्ने प्रक्रिया समेत सुरु गरेको ती संचालकले बताए ।

जनता बैंकका डिपुटी सीइओहरुले कामगर्ने वातावरण भएपनि किन दिए त राजिनामा भन्ने प्रश्नमा बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्रीले भनेः– मर्जरको बेला गरिएको स्वईच्छाले बैंक छाड्दा कर्मचारीहरुलाई सेवा सुविधाको विशेष स्किम थियो त्यही लिएर तीन डिपुटी सीइओहरुले राजीनामा दिनु भएको थियो । त्यो स्वीकृत पनि भएको छ । उनीले थपे बैंकिङ्ग क्षेत्रमा यो सामान्य घटना हो । बैंकमा आउने जाने प्रक्रिया चलिरहन्छ ।