ईकोनोमिक खबर, काठमाडौ।
विगत चार दशक अघि अमेरिकन सहयोगमा ‘रोपवे’ संचालनमा रहेको हेटौँडा/काठमाडौँ रज्जुमार्ग प्रजातन्त्रको प्रादुर्भाव सँगै देशको शासन सत्तामा रहेका बर्गको स्वार्थले दुई दशक देखि पूर्णरुपमा बन्द छ।
अहिले यस रोपवेको भवन तथा जग्गा र संरचनाहरुका केहि भागहरु देख्न सकिन्छ। हेटौँडादेखि काठमाडौँसम्म कुल लम्बाइ ४२.२ किलोमिटर रहेको रहेको छ।
बागमती प्रदेश सरकारले यस रोपवे पुनः सञ्चालनमा ल्याउने तयारी स्वरूप एक अध्ययन थालेको छ । रोपवे बातावरणमैत्रि, ईन्धन खपत नहुने, बिजुलीको प्रयोग देशको उर्जा खपतमा सहयोग हुनेछ।
कुनै बेला तराईबाट आयातित सामान हेटौँडा हुँदै काठमाडौँसम्म ढुवानीको भरपर्दो साधनका रूपमा रहेको ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
रोपवे २०५६ सालदेखि पूर्ण रूपमा बन्द थियो, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो।
््बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको बताए।
‘रोपवे मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ,’ पौडेलले भने, ‘अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ।’