आ.ब. ०७६/०७७को मौद्रिक नीति आज सार्वजनिक


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल राष्ट्र बैंकले आज यस आ.ब. ०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्नलागेको जानकारी दिएका छन। आज बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिको ड्राफ्ट पास गरेसँगै ४ बजे सार्वजनिक गर्ने समय तोकिएको हो।

गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको छलफलमा जुटेको राष्ट्र बैंकले बुधबार बिहानमात्रै सहमति जुटाउन सकेको हो।
अघिल्ला बर्षदेखि नै बैंकहरूको संख्या घटाउन चुक्ता पुँजी बृद्धिको योजना लागु गरेका थिए। तर चुक्ता पुँजी बृद्धि भएपनि बैंकको संख्या घट्न नसकेपछि प्रोत्साहनको बाटो रोजिएको जनाइएको छ। राष्ट्र बैंकमा प्रवेश गरेसँगै बैंकहरूको संख्या घटाउने नीतिमा लागेका गभर्नर डा. चिरञ्जीवी नेपालले त्यसका लागि प्रोत्साहन पुग्नेगरी चालु आ.ब.को मौद्रिक नीति प्रस्तुत गर्नेछन।

बिग मर्जरका लागि आकर्षक सहुलियत प्याकेज घोषणा गरिन थालेको राष्ट्र बैंक स्रोतले जनाएको छ। जसमध्ये स्प्रेडदर बृद्धि गर्न खोजिएको छ। जसअनुसार दुई वाणिज्य बैंक मर्जरमा गए कर्जा र निक्षेपबिचको व्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत दिने व्यवस्था मौद्रिक नीतिमा गर्न ब्यवस्था मिलाएको छ। यस्तो सुविधा २ वर्षको हुनेछ।

राष्ट्र बैंकका अनुसार बैंकका संचालकहरूको कुलिङ पिरियड पनि हटाउने जनाएको छ। अहिले कुलिङ पिरियड ६ महिना सम्म रहेको छ। राष्ट्र बैंकले पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी) रेसियो घटाउने तयारी रहेको छ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई गाभ्ने बाध्यकारी नीति पनि ल्याउन लागेको छ।