ईकोनोमिक खबर, काठमाडौं।
परिक्षणको तेल पाइपलाइनबाट नेपालको अमलेखगन्जसम्म आइपुगेको छ, भारतको मोतिहारीबाट पठाएको तेल सकुशल आयो नेपाल र अन्तिम परिक्षणमा सफलता प्राप्त भएको छ। अब छिटै नै ब्यवसायीकरुपमा तेल आउनेछ।
शुक्रबार बिहान ६ः३० मा अमलेखगन्ज आइपुग्यो पाइपलाइनबाट डिजेल र नेपाल आयल निगम र इन्डियन आयाल कर्पोरेसनको बिशेषज्ञको टोलीले परिक्षणगरी २०० के.ल.डिजेलको स्टोरेज टयांकमा खनाउने काम सम्पन्न भयो।
पाइप बिछ्याउन लागिएको १८ महिनामा पाइपलाइनबाट डिजेल नेपाल आइपुगेको छ, यसमा परियोजनाको समयभन्दा छिटो ल्याउन सफल भएकोमा ल्इऋ र क्ष्इऋ को सम्पूर्ण टिमलाई बधाई साथ प्रिटेष्ट गरी कार्यक्रममा सफल भएको नेपाल आयाल निगमका पाईपलाईन परियोजना प्रमुख ई. प्रदिप कुमार यादवले जानकारी दिए ।
‘बुधबार भारतको मोतिहारीबाट परीक्षणका लागि ६०० के.ल. पानी पठाए पछि फोम पाईप बाट पठाईयो, त्यसपछि पाइपलाइनबाट डिजेल पठाइएको थियो, बिहीबार साँझ सो डिजेल पटनाको पाइपलाईन बाट पठाएकोमा शुक्रबार बिहान अमलेखगन्ज डिपो आइपुगेको छ,’ परियोजना प्रमुख ई. प्रदिप कुमार यादवले बताए।
सो पाइपलाइन नेपाल आयल निगम र इन्डियन आयाल कर्पोरेसनले संयुक्त परियोजना हो । निर्माणमा भारतको ३ अर्ब २० करोड रुपैयाँ खर्च र नेपाल आयल निगमको ७५ करोड भारु रहनेछ । कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमध्ये नेपाल तर्फ ३७.६५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ।
पाइपलाइनको विभिन्न प्रकारका परीक्षण सम्पन्न भएको छ । यो परीक्षण भएपछि यसबाट आगामी अगस्टको पहिलो साता पाइपलाइनको उद्घाघाटन गर्ने कार्यक्रम तयभएको बताए, त्यसपछि नै प्रतिघन्टा २०० के.ल का दरमा डिजेल नेपाल भित्रिनेछ यसको प्रतिदिन ४८०० के.ल. रहनेछ, डिपोले ४००० के.ल. डिजेलको परिणाममा संकलन गर्नेछ। यसबाट २ अर्ब रकम जोगीने विश्वास निगमले लिएको छ।
यसपछिको परियोजनाका लागी चितवनको लोथर सम्म पाइपलाइन बिस्तारको रहेको बताए। निगमले भण्डारण केन्द्र स्थापनाका लागि पनि चितवनको लागी गृहकार्य अगाडि बढाएको छ । सरकारले आर्थिक वर्ष ०७३।०७४ मा नै जग्गा खरीदका लागी देशका सातै प्रदेशमा कम्तीमा ७ भण्डारण केन्द्र बनाउने कार्यक्रम अनुसार अघि बढाएको थियो ।