
ईकोनोमिक खबर, काठमाडौं ।
चौथो जेनेरेसनका बैंक मध्ये सिभिल बैंक पहिलो ISO 9001:2015 मान्यता प्राप्त बैंक भएको छ।
बिहीबार राजधानीमा एक कार्यक्रममा बैंक र आईएसओ सटिैफाई सँस्था URS का प्रतिनिधि प्रकाश पौडेलले बैंंकका सिईओलाई आईएसओ प्रमाणपत्र प्रदान गर्नुभयो। यस सँगै बैंकले आफ्नो सेवा सुविधालाई अन्तराष्ट्रिय स्तरको मान्यता पाएको जानकारी यस कार्यक्रममा बताए।
बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङले आईएसओ पाउनु बैंकका लागी राम्रो संकेत भएको छ, ‘आगामी दिनमा बैंकले दिने सेवा सुविधामा अझै राम्रो हुनेछ। ग्राहकमैत्री, विश्वस्तरीय नयाँ प्रविधिको प्रयोगले गर्दा नै यस बैंक प्रमाणपत्र पाउन सफल भएको उनले बताए’ आफूभन्दा राम्रो बैंकसँग मर्जर गर्ने भन्दै राम्रो बैंकसँग मर्जरमा जाँदा परिणाम पनि राम्रो आउने बताए ।
यसले मर्जरमा जाँदा पनि राम्रो हने विश्वास व्यक्त गरे । मर्जर भन्ने विषय नै अतिनै संवेदनशिल रहेछ, आफ्नो हरेक क्षेत्र मिल्ने संगमात्र कारोबार गर्दा दिगो र भरपर्दो हुने उनले बताए।