ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने


ईकोनोमिक खबर, काठमाडौं ।

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। नेपाल सरकारले बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गरेपछि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्लोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो।

शुक्रबार जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। ८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका हुन्। दुई बैंकको मर्जरपछि पनि नाम भने ग्लोबल आइएमई नै रहेने बताइएको छ। ग्लोबल आइएमई बैंकले यसअघि आधा दर्जन बढी संस्थालाई गाभेको आठ अर्ब चुक्तापुँजी वृद्धि गरेको थियो।