दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने


काठमाडौं। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल लगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा राजधानीबाट बाहिरी जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले सहज, सुरक्षित र व्यवस्थित यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार दसैँको यातायात व्यवस्थापनका लागि आवश्यक तयारीसमेत अघि बढाइएको छ। यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन सञ्चालन, यात्रु सेवा तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सम्बन्धित निकाय र व्यवसायीसँग समन्वय भइरहेको छ।

दसैँ नजिकिँदै जाँदा राजधानीबाट घर फर्किने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले समयमै टिकट बुकिङको व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ।

अग्रिम टिकट बुकिङ खुलेपछि यात्रुले आफूलाई आवश्यक रुट तथा यात्राको मितिअनुसार समयमै टिकट लिन सक्नेछन्। विभागले दसैँ अवधिमा यात्रुको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखेर यातायात सेवा सञ्चालन गर्ने