हिमालय ऊर्जा विकास कम्पनीले बोलायो २५औँ वार्षिक साधारणसभा


काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले आगामी कात्तिक १६ गते २५औँ वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ।

कम्पनीका अनुसार साधारणसभा कात्तिक १६ गते बिहान ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजना हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा रहेको छ। त्यस्तै, नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा नगद प्रवाह विवरणसम्बन्धी लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा समेत छलफल गर्नेछ।

त्यसैगरी, कम्पनीका सञ्चालकहरूको पारिश्रमिक घटाउने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा राखिएको छ।

कम्पनीले बाँकी कार्यकालका लागि स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेस गर्ने जनाएको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २८ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २७ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।