काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
कम्पनीले कृषि प्रयोजनका लागि आवश्यक युरिया मल आपूर्ति गर्न इच्छुक योग्य अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट बोलपत्र माग गरेको हो। कम्पनीले निर्धारित मापदण्ड तथा सर्तअनुसार बोलपत्र पेश गर्न आह्वान गरेको जनाएको छ।
मलको माग बढ्ने समयमा आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले खरिद प्रक्रिया अघि बढाइएको हो।