काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला तिन लाख १ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तोलामा एक हजार २०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।