१० वाणिज्य बैंकले शेयर दलालको कामका लागी पाए अनुमति


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल राष्ट्र बैंकबाट शेयर दलाल को रुपमा काम गर्नका लागी १० वटा वाणिज्य बैंकहरुले अनुमति पाएका छन। १९ वाणिज्य बैंकले ब्रोकरको काम गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेर केन्द्रीय बैंक पुगेका हुन् । १९ बैंक मध्ये १० वटाले मात्र स्वीकृति पाएका हुन् ।

ब्रोकरको काम गर्न अनुमति पाएका १० वाणिज्य बैंकमध्ये दुई बैंकले सहायक कम्पनी खोलेर लाइसेन्सका लागि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आवेदन दिइसकेका छन् ।

नेप्सेमा लाइसेन्सका लागि आवेदन दिनेमा एनआइसी एसिया बैंकको तर्फ बाट एनआइसी सेक्युरिटिज र सानिमा बैंकबाट सानिमा सेक्युरिटिजको नाममा कारोबारका लागि आवेदन दिएका हुन।

शेयर दलालको कामका लागी अनुमति पाएका १० वाणिज्य बैंकहरुको नाम यसप्रकार छन।

१.नेपाल ईन्भेष्टमेन्ट बैंक
२.एनआईसी एसिया बैंक
३.जनता बैंक नेपाल
४.सेन्चुरी कमर्सियल बैंक
५.बैंक अफ काठमाण्डू
६.कुमारी बैंक
७.ग्लोबल आईएमई बैंक
८.मेगा बैंक नेपाल
९. सिद्धार्थ बैंक
१०.सानिमा बैंकहरु छन।