इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले कृषिमा लगानी गर्ने योजना


बुटवल समाचारदाता। बुटवलमा केन्द्रीय कार्यालय रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि क्षेत्रमा पनि लगानी गर्ने भएको छ ।

विगतमा बचत तथा ऋणको मात्र काम गर्दै आएको सहकारीले यसका लागि रुपन्देहीको छपियामा आफै वीउ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्ने सहकारीका अध्यक्ष मित्रवहादुर शाक्यले जानकारी दिनुभयो ।

अध्यक्ष शाक्यका अनुसार कृषिका साथै लघुवित्तको कारोबार र रेमिटान्सको काम गर्ने योजना सहकारीको छ ।