घरजग्गा बजारमा पुनः चलायमान संकेत,


काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार प्रतिवेदन ले दुई वर्षदेखि सुस्त रहेको रियल इस्टेट बजारमा पुनः सुधारको संकेत देखाएको छ। कारोबार संख्या, कारोबार रकम, क्षेत्रफल, राजस्व र पूँजीगत लाभकर सबै सूचक बढेका छन्। तर तथ्यांकको गहिरो विश्लेषण गर्दा बजार पूर्ण रूपमा पुनर्जीवित भइसकेको निष्कर्ष निकाल्न भने अझै हतार हुने देखिन्छ।