
स्ट्यान्डर्ड बैंकले एडीबीको सहकार्यमा छिमेक लघुवित्तीयसँग सम्झौता गरेको हो ।
सोमबार भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा एडीबीका कन्ट्री डिरेक्टर अर्नाउड कौकोइस, छिमेक लघुवित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारी, स्ट्यान्डर्ड चाटर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारलगायतको उपस्थिति थियो ।
उक्त सम्झौता भने एडीबीद्वारा सहायता प्रदान गरिने कोषबाट नभएको स्ट्यान्डर्ड बैंकले जनाएको छ ।
यो समझदारीमार्फत प्रदान हुने कर्जाले आर्थिक पहुँचबाट टाढा रहेका ग्रामीण भेगका समुदायलाई सहयोग पुर्याउने बैंकले बताएको छ ।