स्ट्यान्डर्ड चाटर्ड बैंक र एसियाली विकास बैंक (एडीबी)को छिमेक लघुवित्तीय संस्थासँग साझेदारी


स्ट्यान्डर्ड बैंकले एडीबीको सहकार्यमा छिमेक लघुवित्तीयसँग सम्झौता गरेको हो ।

सोमबार भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा एडीबीका कन्ट्री डिरेक्टर अर्नाउड कौकोइस, छिमेक लघुवित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारी, स्ट्यान्डर्ड चाटर्ड बैंकका  प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारलगायतको उपस्थिति थियो ।

उक्त सम्झौता भने एडीबीद्वारा सहायता प्रदान गरिने कोषबाट नभएको स्ट्यान्डर्ड बैंकले जनाएको छ ।

यो समझदारीमार्फत प्रदान हुने कर्जाले आर्थिक पहुँचबाट टाढा रहेका ग्रामीण भेगका समुदायलाई सहयोग पुर्‍याउने बैंकले बताएको छ ।