काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिएको छ । सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धन गरिएको हो ।
उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन मेलाका क्रममा कोरिया आउटबाउन्ड टुरिजम् एसोसिएसन (कोओएफटीए) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शिन जुंग मोक नेतृत्वको उच्चस्तरीय टोलीले नेपाल प्याभिलियनको अवलोकन गरेको थियो । त्यस्तै, दक्षिण कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले दूतावास टोलीसहित प्याभिलियनको भ्रमण गरी आगन्तुक तथा सहभागी पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रमका क्रममा चर्चित कोरियाली कलाकार ह्वाङ मानसोकले आफ्नो प्रसिद्ध ‘गंगनम स्टाइल’ मूर्तिको तस्वीर नेपाल पर्यटन बोर्डलाई उपहारस्वरूप प्रदान गरेका थिए । करिब ४५ हजार दर्शक तथा आगन्तुक सहभागी रहेको मेलामा नेपाल प्याभिलियनप्रति कोरियाली पर्यटन व्यवसायी र सर्वसाधारणको उल्लेखनीय चासो देखिएको थियो । विशेषगरी पदयात्रा (ट्रेकिङ), नेपाल भ्रमणका लागि भिसा प्रक्रिया तथा हवाई सम्पर्कका विषयमा मेलामा सहभागी पर्यटन व्यवसायीहरुले जानकारी लिएका थिए ।
बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीको सहभागिताले नेपाली पर्यटन व्यवसायीहरूलाई विद्यमान व्यावसायिक साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्न तथा नयाँ व्यावसायिक सहकार्य विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गरेको जनाइएको छ ।
यसैबीच, नेपाल पर्यटन बोर्डले जुन ४ देखि ६ सम्म सिओल र सुवनमा आयोजित वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स (डब्ल्यूटीआईसी) २०२६ मा पनि सहभागिता जनाएको थियो । सम्मेलनमा विश्वभरका पर्यटन नेतृत्वकर्ता तथा गन्तव्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोर्डका निमित्त निर्देशक सुनील शर्माले विश्वव्यापी पर्यटन प्रवृत्ति तथा त्यसको नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए ।
सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर-२०२६ कोरियासहित विश्व पर्यटन बजारका पछिल्ला प्रवृत्ति, नवीन पर्यटन उत्पादन तथा गन्तव्यहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित छ । मेलामा विभिन्न अनुभव आदानप्रदान कार्यक्रम, पर्यटन प्रदर्शनी तथा विशेष यात्रा प्याकेजहरू प्रस्तुत गरिएका थिए ।
दक्षिण कोरिया एसियाको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक हो । जहाँबाट वार्षिक करिब तीन करोड नागरिक विदेश भ्रमणमा जाने गरेका छन् । नेपालका लागि पनि कोरिया उच्च सम्भावना बोकेको गुणस्तरीय पर्यटन स्रोत बजारका रूपमा रहेको छ । सन् २०२५ मा मात्रै २३ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरियाली पर्यटकहरू विशेषगरी पदयात्रा, पर्वतारोहण तथा नेपालको बौद्ध सम्पदाप्रति आकर्षित हुने गरेका छन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसी राणा तथा वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले एसआईटीएफ २०२६ नेपालको सहभागिता समन्वय गर्दै आयोजक, नेपाली प्रतिनिधिमण्डल तथा आगन्तुकहरूसँग सहकार्य गरेका थिए । बोर्डले यस सहभागिताले कोरियाली बजारमा नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
Nepal Reaches Out to Highly Potential Korea Market at SITF 2026
Nepal’s participation in the Seoul International Travel Fair (SITF) 2026, held from June 4–7 in COEX, Seoul, Republic of Korea, concluded today, June 7, with resounding success. NTB led the Nepal tourism team represented by seven private sector companies to promote Nepal as a premier travel destination among Korean travelers and the travel trade.
Nepal Pavilion was in focus right from the first day with high-level visit led by KOFTA Chairman and CEO Mr. Shin Joong Mok immediately after the inauguration. Charge de Affaires a.i. at Nepal Embassy in Seoul Mr. Nirmal Prasad Bhattarai also visited the Pavilion with Embassy team and interacted with guests and private sector participants. Popular Korean artist Mr. Hwang Mansok presented NTB with photograph of one of his popular Gangnam Style sculptures. The special guests welcomed and presented with Nepal souvenirs at the Pavilion.
The four-day fair attracted nearly 45,000 visitors. Nepal Pavilion received strong interest from both Korean travel professionals and consumers, who sought information on travel opportunities in Nepal. Visitor inquiries primarily focused on trekking, visa procedures, and air connectivity. NTB officials also interacted with different media groups with fresh communications and travel updates to promote Nepal and disseminate information from local publications and social media sites.
The participation also enabled Nepali private-sector representatives to reconnect with existing partners and establish new business relationships. Tourism companies from Nepal that participated in the event were: Journey DMC, Alpine Club of Himalaya, Himalaya Safety Treks & Expedition, Pearl Holidays, Taleju Adventure, The Trek Nepal, Himalayan Guides Nepal Treks & Expedition.
Coinciding with the fair, NTB also participated in the World Tourism Industry Conference (WTIC) 2026, held in Seoul and Suwon from June 4–6. The conference brought together tourism leaders and destination representatives from aro