नेप्सलाई भुक्तानी प्रणाली सञ्चालनको लागी अनुमति प्राप्त


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति प्राप्त भएको छ ।

नेप्सका १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो । यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै गएको छ । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम (ATM) र पस (POS) सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दछ ।