पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा, अब चीन भ्रमण सहज बनाउने विश्वास


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो।

काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा रहेका ATM, POS, QR कोड तथा ई–कमर्स प्लेटफर्ममा चिनियाँ मुद्रा (CNY) मा नै भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यसले विदेशी मुद्रा विनिमयको झन्झट कम गर्दै थप सहज र सुलभ कारोबारको सुविधा दिनेछ।

व्यक्तिगत तथा व्यावसायिक भ्रमणमा जाने विद्यार्थी, व्यवसायी र पर्यटकले नेपाल राष्ट्र बैंकको स्वीकृत सीमा अनुसार रकम लोड गरी Alipay+, WeChat Pay, Nihao China लगायतका नेटवर्कमार्फत समेत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।