विभिन्न कार्यक्रम गर्दै मनायो महालक्ष्मी विकास बैंकले आफ्नो वार्षिकोत्सव, ‘महालक्ष्मी कर्पोरेट क्रिक्रेट’ पनि जेठमै गरिँदै


काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । बैंकले वार्षकोत्सव मनाउने क्रममा २ जेठदेखि ७ जेठसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरू: जस्तै; मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरू समेटिएका थिए ।

त्यस्तै, बैंकको केन्द्रीय कार्यालयमा यही ४ जेठमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर तथा ५ जेठमा निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा करिब २०० जना व्यक्तिको स्वास्थ्य, आँखा तथा दाँत परीक्षण गरिएको थियो ।