सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ।

विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो।

यो पुनर्जागरण अभियान जेठ ११ गतेदेखि ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

सामान्य अवस्थामा बीमालेख व्यतित रहँदा बीमितले जोखिम संरक्षण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि तिर्नुपर्ने हुन्छ।

कम्पनीले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सुविधा लिएर व्यतित बीमालेख पुनः सक्रिय गराउने अवसरको फाइदा लिन आग्रह गरेको छ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित तथा आश्रितहरूको आर्थिक पक्ष सबल र सुदृढ बनाउन जीवन बीमा आवश्यक रहेको कम्पनीको भनाइ छ।

ग्राहकले कम्पनीका देशभर रहेका १६८ शाखा कार्यालय वा अनलाइन भुक्तानी माध्यमबाट यस योजनामा सहभागी हुन सक्नेछन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी तथा भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको तथा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उल्लेख गरिएको छ। साथै, १७ हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन्।