नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री स्तर) को निर्णयानुसार कृषि बिकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ। नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य श्री दिर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो । उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु संजिव कुमार कर्ण, श्गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार
गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।