चितवन अटो शो २०२६ मा फोटोन नेपालको दमदार उपस्थिती, ईभीदेखि पिकअपसम्म आकर्षक अफर सार्वजनिक 


चितवन। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले CADA Chitwan Auto Show 2026 मा विशेष कमर्शियल मोबिलिटी अफरसहित प्रभावशाली उपस्थिती जनाउने भएको छ। वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा कम्पनीले आफ्ना सवारी साधन प्रदर्शन गरेेको थियोे।

कम्पनीले ईभी भ्यान, TM1 तथा पिकअप सेग्मेन्टमा इभेन्ट–विशेष अफर ल्याउँदै यस वर्षको शोमा प्रमुख आकर्षण बनेको थियोे। स्टलमा आउने आगन्तुकहरूले फोटोनका विभिन्न मोडलहरूको अवलोकनसँगै सीमित अवधिका विशेष सुविधा प्राप्त गर्नेछन्।

फोटोन हाई रूफ ईभी भ्यान (CADA मूल्य: रु. ५३,४९,०००) र लो रूफ ईभी भ्यान (रु. ४८,४९,०००) खरिदकर्तालाई फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। त्यस्तै, सोकोन ईभी भ्यान (रु. ३९,९९,०००) मा पनि समान सुविधा उपलब्ध हुनेछ। यी तीनै ईभी मोडलमा अतिरिक्त नगद छुट भने कार्यक्रममा नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

बहुउपयोगी सवारी खोज्ने ग्राहकका लागि फोटोन TM1 (रु. २८,४९,०००) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन्। साथै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदर सुविधा दिइनेछ, जसले व्यवसायी तथा उद्यमीहरूलाई प्रारम्भिक लगानी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेटसहितको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता तथा लचिलो फाइनान्सिङ सुविधाबाट दीर्घकालीन स्वामित्वमा भरोसा पाउनेछन्।

फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, फ्लिट अपरेटर, परिवार तथा कमर्शियल ग्राहकलाई स्टलमा उपस्थित भई इभेन्ट–विशेष मूल्य र अफरबारे जानकारी लिन आमन्त्रण गरेको छ। कम्पनीले चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै भविष्य–मुखी मोबिलिटी समाधान प्रस्तुत गर्ने जनाएको छ।

MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. नेपालमा कमर्शियल सवारी साधन आपूर्तिकर्ताका रूपमा स्थापित कम्पनी हो, जसले देशभर फैलिएको शोरुम तथा सर्भिस नेटवर्कमार्फत गुणस्तरीय सवारी साधन र विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ।