काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो।
आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ पुगेको छ। कारोबारमा सीमित कम्पनीको मात्रै मूल्य बढेको देखिएको छ। ७ वटा कम्पनीको सेयर मूल्य उकालो लाग्दा २६१ वटा कम्पनीको मूल्य भने घटेको छ ।
यसैबीच, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट इन्न र रिजलाइन इनर्जीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य पनि ९.९९ प्रतिशतले बढ्दै सर्किट लागेको छ।