विश्व उपभोक्ता अधिकार दिवस–२०८२: उपभोक्ता अधिकार संरक्षणमा जोड, आर्थिक पत्रकार प्रेेम प्रसाद पाैडेल सम्मानित


काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो।