शेयर बजार लगानीकर्ताका लागी सुखद


ईकोनोमिक खबर, काठमाडौं।
विगतमा नेपाल राष्ट्र बैंकमा गभर्नर हुँदा पनि घरजग्गा र शेयर बजार लगानीकर्ताका लागी पनि सुखद भएन। अनुत्पादक क्षेत्र घोषणा गरी शेयर बजार लगानीकर्ता, घरजग्गा तथा रियलस्टेट ब्यवसायका लागी अर्थमन्त्री डा. युवराज खतिवडा विपक्ष जस्तो भान देखियो।

खतिवडा अर्थमन्त्री भएलगत्तै शेयर बजार र घरजग्गा तथा रियलस्टेट ब्यवसाय अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । सँसदमा पनि उनको त्यो विवादले पटक÷पटक विरोध खेप्नुपर्यो । शेयर लगानीकर्ताहरुले उनीविरुद्ध मोर्चाबन्दी नै गरेर आन्दोलन गरे ।
अब लगानीकर्ताका लागि पुँजीगत लाभकर ७.५ प्रतिशत नै अन्तिम हुने भएको छ । योभन्दा नबढ्ने देखिएको छ । पुँजीगत लाभकर ७.५ प्रतिशत हुने भएपछि वैशाख १ देखि लागू भएको प्यानलाई थप प्रभावकारी रुपमा लगाउन सकिने अर्थमन्त्रालय स्रोतले जनाएको छ। लामो समयदेखि विवादमा रहेको पुँजीगत लाभकरको विवाद टुंगिने भएको छ । आगामी आ.ब.को बजेटमा नै पुँजीगत लाभकरको विषय टुंगोमा पुर्याउने गरी काम अघि बढाएका छन् ।आगामी आ.ब.को बजेटमा शेयर लगानीकर्ताहरुले बम्पर उपहार दिने तयारीमा रहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आगामी बजेटमा हकप्रद र बोनस शेयरमा पनि कर लाग्ने भएको छ । यसमा भने निश्चित गणना विधि हुने भएको छ । घरजग्गामा लागेको जस्तो गरेर शेयर बजारमा समेत अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि लाग्ने पुँजीगत लाभकर भने फरक हुनेछ । १ बर्ष अवधिमा शेयर बिक्री गरेर लाभ गर्नेको लागि १० प्रतिशत लाभकर लाग्ने छभने १बर्षभन्दा बढी राखेर शेयर बेच्नेले प्राप्त गर्ने लाभमा ७.५ प्रतिशत लाभकर लाग्ने छ ।

‘शेयर बजारको लागि अनुदार भनिएका अर्थमन्त्रीबाट एउटा ठूलो प्याकेज शेयर बजारका लागि ल्याउने तयारीमा रहेको छ, यसले शेयर बजारको विकासको लागि सफल, सशत्तरुपले सहयोग गर्छ,’ आगामी बजेट निर्माणमा सक्रिय अर्थमन्त्रालयले बतायो ।