सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा= लि=सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।
यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र UPI मार्फत फोनपे नेटवर्क अन्तर्गतका QR Code स्क्यान गरी डिजिटल भुक्तानीगर्न सक्नेछन्।
यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यम बाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्तगर्न सकिने बैंकले विश्वास लिएको छ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।