काठमाडौं। नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो। त्यसैले टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।
ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यतालिने टिभिएस आईक्यूबका ग्राहकहरूले सत्तरी प्रतिशत एसओएच(स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफप्राप्त गर्नेछन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ।
ग्राहकले मात्र दुईलाख उन्नानसय हजार नौ सय रुपैंयामा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन्।
टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा चार लाख एघार हजार किलोमिटर यात्रा तय गरेर दश हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार सात सय बैशठ् िकिलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव तिनलाख ग्राहकहरुले करिव १.९ एक अर्ब ९० करोड किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९हजार ५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेको छ ।
यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, “हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छाँै। हामी विश्वस्त छौँ कि लाइफ टाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ। ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँचवर्षमै इन्धन र मर्मतमा एकलाख ३५ हजार रुपैंया बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रतिवर्ष करिव तिनसय लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रतिवर्ष ६ सय ९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”
आईक्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ।